काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले नेकपा एमालेका नेता महेश बस्नेतसँग बयान लिएको छ । एक महिलाले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले बस्नेतसँग बयान लिएको हो ।
बयानका लागि बस्नेत आज ब्यूरोको कार्यालय भोटाहिटी जानुभएको थियो । पहिले प्रहरीले जाहेरी रितपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले बयान लिएर अनुसन्धान अघि बढाएको हो ।
बस्नेतले आफूले ब्यूरोसमक्ष पुगेर बयान दिएको जानकारी दिनुभयो ।