मेची राजमार्गको इलाम-ताप्लेजुङ सडकखण्ड बन्द

आश्विन १८, २०८२ |आनन्द गौतम
मेची राजमार्गको इलाम-ताप्लेजुङ सडकखण्ड बन्द

ताप्लेजुङ । ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ । 

शनिबार दिउँसो सुचना जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि बेलुका ७ देखि बिहान ६ बजेसम्मका लागि सबैखाले सवारी सञ्चालनमा रोक लगाइएको र सडक बन्द गरिएको डिभिजन प्रमुखद्धारा जारी सूचनामा उल्लेख छ ।

दिउँसोको हकमा भने अत्यावश्यक भई यात्रा गर्नुपरे ठुला सवारी साधनको हकमा १० टन भन्दा बढी भएकाले मेची करिडोर कञ्चनजंघा केचना सडक र १० टन भन्दा कमका साना सवारीले सिमल गोलाइ, जोगमाइ तिल्केनी सडक प्रयोग गर्नपनि अनुरोध गरिएको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।