पाँचथर दुर्घटनामा ६ को मृत्यु, ६ जना घाइते

आश्विन १८, २०८२ |लक्ष्मी गौतम
पाँचथर दुर्घटनामा ६ को मृत्यु, ६ जना घाइते

पाँचथर । तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक-३ कात्तिकेमा भएको सवारी दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ३ महिला र ३ पुरूष रहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयाे । दुर्घटनामा ६ जना घाइते छन । घाइते भएकाहरूमा एकजना ८ वर्षका बालकसहित १ महिला र ४ पुरूष रहेको पनि पोखरेलले जानकारी दिनुभयाे ।

घाइतेहरूलाई उद्धार गरी उपचारार्थ बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घट्नामा ज्यान गुमाएका ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइँदैछ । शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका-३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परेका अधिकांस ताप्लेजुङका नागरिक रहेको अनुमान गरिएको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।