उदयपुर । दशैं भन्नेबित्तिकै हामी सबैले सम्झिने रातो टीका हो । तर केही किराँत राई समुदायमा सेतो टीका लगाउने चलन छ ।
सकेसम्म आफैंले फलाएको धानको चामल र दही मुछेर सेतो अक्षता बनाईन्छ । यस्तो अक्षताको टीका र जमरा लगाउँदा भाग्यमानी हुने, ठूलाले दिएको आशिष लाग्ने जनविश्वास छ । संस्कृतिकै रूपमा ग्रहण गरिने सेतो टिकालाई उनीहरू पवित्र एवं शान्तिको प्रतिक मान्दछन् ।
प्रकृतिको पहिलो रङ सेतो नै हो । आफुलाई भुमिपत्र, प्रकृतिपुजक मान्ने यो समुदायले सेतो टिकालाई प्रकृतिसँग जोडेर हेर्न गर्दछन् । त्यसैले अक्षेतामा कुनै पनि कृत्रिम रङ प्रयोग गरेको पाइँदैन । उनीहरूले हरेक शुभकार्य र शुभसाइतमा सेतो अक्षेता प्रयोग गर्दछन् ।
सेतो टिकालाई शुभसाइत र प्रगतीको संकेत ठान्दछन् भने प्राचीन सभ्याता र प्रचलनको रूपमासमेत लिने गर्छन् । कृतिम रङ्को उत्पादन हुनुअघि सबैले दहि, चामलको सेतो टिका नै लगाउथे भन्ने उनीहरूको मान्यता छ ।किराँत राईवाहेक जनजाति समुदायमा पर्ने अन्य थारू, नेवार, मगर, गुरूङ, लिम्बु, तामाङ लगायतलेसमेत यसैगरी आ आफ्नो व्याख्या, विश्लेषण र मान्यतासहित दशैंमा सेतो टिका लगाउने प्रचलन रहेको छ ।