राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहिबार राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो ।
उहाँले हनुमान ढोका दरबारका गुरु देवराज अर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गर्नुभएको हो ।
आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिनुभएको थियो ।