फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछ : सञ्चारमन्त्री खरेल

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछ : सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनूभूति हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरूको काममा आफूले हस्तक्षेप नगर्ने पनि उहाँले बताउनु भयो । 

राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरूले काम गर्न नसकेको उल्लेख गर्दै उहाँले आफूले हस्तक्षेप नगर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.