मन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।

उहाँले सोमबार लैनचौरस्थित केशरमहलमा पुगरे पदभार ग्रहण गर्नुभएको हो । जेन-जी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा तोडफोड आगजनी भएको कारण मन्त्रालयले अस्थायी रूपमा केशरमहलबाट सेवा प्रवाह गरिरहेको छ ।

पदभार ग्रहणसँगै उहाँले शिक्षा, विज्ञान र जैविक विविधताको क्षेत्रमा काम गर्न विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णय गर्नुभएको छ । वैज्ञानिकहरूको सल्लाहकार समिति बनाउने मन्त्रालयका कर्मचारीको प्रस्तावमा हस्ताक्षर गर्न भने जिद्दी गर्नुभयो ।

मन्त्रालयमा बजेट अभावका कारण समिति प्रभावहीन हुने भन्दै उहाँले स्रोतको सुनिश्चितता गरेपछि मात्रै निर्णय गर्ने उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.