काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गर्नुभएको छ ।
शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताउनु भयो । उहाँले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ ।
मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उहाँको भनाइ छ ।