पाँचथर । निरन्तरको वर्षाका कारण गएको पहिरोले घर जोखिममा परेपछि पाँचथरको फालेलुङ-३ का पाँच घर परिवार विस्थापित भएका छन ।
यस्तै फालेलुङ-५ लुङमादिनमा थप तीन घर जोखिममा परेको फालेलुङ-३ का वडाध्यक्ष शक्ति केरूङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले घर तान्ने जोखिम बढेपछि फालेलुङ-३ दाङलेपाका जङ्गवाज राई, खड्गप्रसाद केरूङ, दिप्रसाद केरूङ, लोकेन्द्र केरूङ र जीवन केरूङको परिवार विस्थापित भएको हो ।
उनीहरूलाई आफन्तका घरमा लैजानका साथै रेडक्रस सोसाइटीबाट प्रारम्भिक राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
निरन्तरको वर्षाका कारण पाँचथरस्थित फिदिम याङनाम फालौट सडकर जोरपोखरी एकतिन मेमेङ सडक अवरूद्व भएका छन । यस्तै फिदिम फालौट सडकका विभिन्न स्थानमा पहिरो र ढिस्को खस्दा यातायात प्रभावित भएको बताइएको छ ।