चितवन । चितवनका थारु समुदायका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाइ रहेका छन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लासका मनाइ रहेका छन् ।
सन्तानको दिर्घायुको लागि विशेषतः महिलाले जितियामा ब्रत बस्ने गरेका छन् । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनसङ्गै पुर्वी तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ ।
हिजो राती दर खाएपछि आजको मुख्य दिनमा विहान नजिकैको नदी खोलामा गइ नुहाइधुवाइ गरि बेलपत्र टिपेपछि दिउँसो झामटा नाँच नाचेर साँझ जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । विगतका वर्षमा जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम सुरु हुन्थ्यो ।
यसपटक विषम परिस्थितिका कारण कुनै औपचारिक कार्यक्रम गरिएन । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व मनाईन्छ ।