काठमाडौं । जेन-जी आन्दोलनका अभियन्ता सुदन गुरुङको पत्रकार सम्मेलनका क्रममा भाँडभैलो भएको छ ।
काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीलाई गुरुङले धम्किपूर्ण भाषा प्रयोग गरेपछि भाँडभैलो भएको हो ।
गुरुङले शहीद परिवारको माग भोलि बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनीसमेत दिनुभयो । मृतकका परिवारले जेन-जी आन्दोलनमा दमन गरी हत्यामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।