काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले युवाहरूको प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न र उनीहरूले उठाएका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले साेमबार विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रमा मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।
आयोगले घटनाको निष्पक्ष, विश्वसनीय र सुक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउनसमेत आयोगले आग्रह गरेको छ ।