जेन-जी समूहको प्रदर्शनले चितवनसमेत तनावग्रस्त

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी समूहको प्रदर्शनले चितवनसमेत तनावग्रस्त

काठमाडौं । जेन-जी समूहको प्रदर्शनले चितवनसमेत तनावग्रस्त बन्यो । भरतपुर र नारायणगढ क्षेत्र सोमबार दिउँसो तनाव भएको हो ।

जेनजीहरूले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । 

प्रदर्शनका क्रममा ६ जना युवा घाइते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरूले नारायणगढको लायन्सचोकमा दुवैतर्फ सडकमा टायर बालेर प्रदर्शन गरे । सोमबार बिहान भरतपुरमा केही प्रर्दशनकारीले शान्तिपूर्वक जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रर्दशन गरेर फर्किएका थिए । 

दिउँसो साढे १ बजेपछि भने काठमाडौंको प्रदर्शन हिंसात्मक बनेको खबर फैलिएसँगै प्रर्दशनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रदर्शन थालेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.