काठमाडौं । काठमाडौंको जेन-जी प्रदर्शनमा सरकारले दमन गरेको खबरले अन्य जिल्लामा समेत प्रदर्शन चर्किएको छ ।
काभ्रेको बनेपामा जेनजीहरूले अरनिको राजमार्ग ठप्प पारेर प्रदर्शन चर्काएका छन् । उनीहरूले सरकारी दमनविरूद्ध चर्को नाराबाजी गरेका छन् । जेनजीहरूले बनेपा चार दोबाटोमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध चर्को नाराबाजी गरेका छन् ।
त्यस्तै जेनजीहरूले इलाम, दाङ, डडेलधुरा, खोटाङ, पाँचथरलगायत देशभर भएको छ । अर्घाखाँचीमा साेमबार साँझ सडकमा सडक प्रदर्शनमा उत्रिएका जेनजी समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखको राजीनामा माग गरेका छन् ।