काठमाडौं । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवइले न्याय प्रणालीमा नेपाल-भारत मिलेर जानुपर्ने बताउनुभएको छ ।
नेपाल इन्डिया जुडिसियल डाइलगमा सहभागी हुन नेपाल आउनुभएका गवईले दुई देश मिलेर जानुपर्ने बताउनुभएको हो । उहाँले न्यायालय कानुनको व्याख्या मात्रै नभइ लोकतन्त्र र संविधानको रक्षकसमेत भएको बताउनुभयो ।
नेपालको न्यायालयले गरेका कतिपय फैसलालाई आफूले रिफरेन्सको रुपमा समेत लिने गरेको उहाँको भनाइ थियो ।