काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटर्फमहरू बन्द गर्ने सरकारको निर्णयपछि एक्सले नेपालमा दर्ता हुन चाहेको भन्दै इमेल पठाएको छ।
एक्सले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आधिकारिक इमेल लेखेर सूचीकरण प्रक्रियाबारे सोधेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नेपालमा सूचीकृत हुने विषयमा एक्सले इमेल पठाएको बताउनुभयो ।
मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि एक्सले यो कदम चालेको हो । हालसम्म एक्सले नेपालमा दर्ताका लागि कुनै आधिकारिक निवेदन भने दिएको छैन ।
यसअघि हिजो मेटाले सञ्चार मन्त्रालयलाई इमेल पठाउँदै दर्ता हुने प्रक्रिया सोधेको थियो । यस्तै हाम्रो पात्रोले भने दर्ता प्रक्रिया सुरू गरेको छ ।