एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईंहरूकै साथमा छु : विद्या भण्डारी

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईंहरूकै साथमा छु : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गर्नुभएको छ ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरू भएको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गर्नुभएको हो । 

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो । 

पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताउनु भयो । 

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गर्नुभयो । एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रूपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.