एमाले विधान महाधिवेशनमा ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले विधान महाधिवेशनमा ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा भर्खरै सो प्रतिवेदन पेस गर्नु भएको हो । ९१ पृष्ठ लामो सो प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, विदेश नीतिलगायतका चर्चा गरिएको छ । 

प्रतिवेदनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी २०८४ सालको निर्वाचनको तयारी जुटन पनि आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी २०८४ सालको निर्वाचनलाई मुख्य केन्द्रमा राखेर पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्नका लागि आह्वान गरिएको छ । यो भनेको नेकपा एमालेको नेतृत्वमा एउटा सिंगल मेजरिटी ल्याउने गरी पार्टी काम परिचालित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ । पार्टीलाई एकतावद्ध र सुढृढ बनाएर लैजानुपर्नेमा जोड दिइएको छ । मुलुकलाई समृद्ध बनाउन पार्टी निर्माणमा जोड दिइएको छ ।’

यसपछि अहिले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरिरहनुभएको पनि प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो । एमालेले आजै महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको प्रतिवेदन पनि आजै पेस हुने एमालेले जनाएको छ । 

प्रचार विभाग प्रमुख गौतमकाअनुसार भोलीबाट ती प्रतिवदेनमाथि नौं वटा समूह बनाएर छलफल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.