२६ सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्‍यो पत्राचार

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
२६ सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्‍यो पत्राचार

काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले बन्द हुने सामाजिक सञ्जालको सूची समेटेर मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्राचार गरेको छ । प्राधिकरणले फेसबुक, एक्सलगायतका २६ सामाजिक सञ्जालको सूची दिँदै तिनीहरुलाई निष्क्रिय गराउन निर्देशन दिएको हो ।

प्राधिकरणले फेसबुक, एक्सलगायतका २६ सामाजिक सञ्जालको सूची दिँदै तिनीहरुलाई निष्क्रिय गराउन निर्देशन दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पटक-पटक आग्रह गर्दा पनि सूचीकरणमा नआउने सामाजिक सञ्जाल आजैदेखि बन्द गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । सूचीकरणमा आए त्यसैबेला खुला गरिने पनि उहाँको भनाइ छ ।

सरकारले भदौ १२ गते सूचना जारी गर्दै सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन सात दिनको समय दिएको थियो । उक्त अवधिभित्र पनि सूचीकरणमा नआएकाहरुलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो । नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बुज

वी-टक र पोपो लाइभ गरी ५ वटा सामाजिक सञ्जाल सूचीकृत भएका छन् भने ठूला प्रयोगकर्ता रहेका फेसबुक, इन्टाग्राम, एक्सलगायतका सामाजिक सञ्जाल सूचीकृत भएका छैनन् ।

सरकारको निर्णयपछि हाम्रो पात्रो सूचीकरणका लागि सम्पर्कमा आएको छ भने मेटाका पनि एक अधिकारी पनि अनौपचारिक रुपमा सम्पर्कमा आएर सूचीकरणका लागि चाहिने कागजात मागेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो । मेटाका अधिकारीको आग्रहपछि मन्त्रालयले आवश्यक कागजातको सूची पनि पठाइसकेको जनाएको छ। सरकारको निर्णयको विज्ञहरुले भने कडा आलोचना गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.