कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीले कुनै पार्टीका लागि नभइ समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनु भयो । देश, राष्ट्र, विधानअनुसारको काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निर्वाचनमा कसलाई मत दिने भन्नेकुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताउनु भयो ।

सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरु क्रियाशिल हुनुपर्ने बताउनु भयो । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.