प्रधानमन्त्रीका मुख्य सल्लाहकार र एमाले महासचिवले गरे सामाजिक सञ्जाल बन्द हुने संकेत

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीका मुख्य सल्लाहकार र एमाले महासचिवले गरे सामाजिक सञ्जाल बन्द हुने संकेत

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय हुने संकेत दिनुभएको छ ।

रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु,स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराउनुभएको छ । उहाँले सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने जानकारी दिनुभएको छ ।

यसैगरि नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गर्नुभएको छ । उहाँले लेख्नु भएको छ – 'सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.