नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभयो । 

उहाँले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी चिनफिनसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरुपमा आपत्ति रहेको विषय उठाउनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.