प्रधानमन्त्री ‍ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच भेटवार्ता

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ‍ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपतिबीच मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्टहाउसमा दुई पक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुइ पक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटपछि उहाँ उपराष्ट्रपति हानद्वारा आयोजित रात्रिभोजमा पनि सहभागी हुनुभएको छ । 

चीनको थियानजीनमा आयोजित एससीओ प्लस सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली मंगलबार रेलमार्गमार्फत् बेइजिङ पुग्नुभएको हो । उहाँ बुधबार दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गरेको सम्झनामा आयोजना हुने ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुनेछ । 

प्रधानमन्त्री ओलीले हिजो थियानजीनमा रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनसँग भेटवार्ता गर्नुभएको थियो । हिजै आयोजित एससीओ प्लस सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान समयमा कुनै पनि देश एक्लै सुरक्षित रहन सक्ने अवस्था नरहेको उल्लेख गर्दै बहुपक्षीय सहकार्य अनिवार्य रहेको बताउनुभएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.