बारामा हैजाको संक्रमण भएर उपचार गराउन अस्पताल आउनेको संख्यामा वृद्धि

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारामा हैजाको संक्रमण भएर उपचार गराउन अस्पताल आउनेको संख्यामा वृद्धि

बारा । बारामा हैजाको संक्रमण भएर उपचार गराउन अस्पताल आउनेको संख्या बढेको छ ।

गत साता बाराका एकजना पुरूषमा पुष्टि भएको हैजाको संक्रमण बढेर मंगलबारसम्म १४ जनामा संक्रमण देखिएको छ । जसमध्ये ८ जना उपचार गराएर घर फर्किसकेका छन भने ६ जनाको उपचार प्रादेशिक अस्पताल कलैयामा भईरहेको जनस्वास्थ्य प्रमुख रामनरेश यादवले बताउनु भएको छ । 

प्रमुख यादवकाअनुसार देवताल गाउँपालिकाका एकजना महिला र एकजना पुरूष, महागढीमाई नगरपालिकाका दुइजना पुरूष र एकजना महिला र आदर्श कोतवाल गाउँपालिकाका एकजना पुरूषको उपचार अस्पतालमा भइरहेको हो । 

उपचाररत सम्पुर्ण संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । त्यस्तै पर्सामा अहिले संक्रमितको संख्या घट्दै गएको छ । नारायणी अस्पतालका डा. निरज सिंहले डेढ साताको अवधिमा पछिल्लो केही दिन यता हैजा संक्रमण घट्दै गएको बताउनुभएको छ । 

भदौ ६ देखि ९ गतेसम्म अस्पतालमा आउने कूल बिरामीमध्ये ५० प्रतिशतमा हैजा संक्रमण पुष्टि हुन्थ्यो तर भदौ १० यता यो दर १० प्रतिशतमा झरेको अस्पतालले जनाएको छ । 

बिरामीले अस्पताल आउनु अघि घरमै एन्टीबायोटिक औषधि सेवन गरेको र हैजाको ब्याक्टेरियाको प्रभाव घट्दै गएर पनि यस्तो भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.