कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड स्थित गगनेखोलामा पुनः पहिरो

भाद्र १७, २०८२ |डीबी बुढा
कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड स्थित गगनेखोलामा पुनः पहिरो

जुम्ला । कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड स्थित गगनेखोलामा पुनः पहिरो गएको छ । पहिरो पन्छाएको पाँच घण्टामै पहिरो आएर सडक यातायात ठप्प भएको हो ।

डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ । पाँच घण्टामा रोकिएका सबै गाडीहरु गइसकेका छन । तर फेरी पहिरो गएकोले सवारी आवागमनमा समस्या देखिएको छ ।

अहिले गगनेखोला क्षेत्रमा भिषण बर्षा भइरहेको छ । डिभिजन प्रमुख दीपेन्द्र चौधरीले सडकमा लेदोसहितको पहिरो आइरहेको बताउनुभयो । तत्काल पन्छाउन सकिने अवस्था छैन । तर बुधबार विहान देखि पहिरो पन्छाउने काम सुरु हुने उहाँले बताउनुभयो  । चार दिनदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २३ वटा ट्रक रोकिएका थिए ।

बर्षातको समयमा सावधानी अपनाएर मात्र यात्रा गर्न र रात्री समयको यात्रा गर्दैनगर्न समेत सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । कार्यालय प्रमुख चौधरीले भने, ‘बर्षात अझै जारी छ । कर्णाली राजमार्गमा पहिरोको जोखिम कायमै छ । त्यही भएर सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला ।’


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।