काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भूमि सम्बन्धी विधेयक भूमाफियालाई जमिन सुम्पिने गरी आएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सबै विधेयक भूमिहिन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीकै नाममा रंगिएको उहाँले बताउनु भयो ।
उहाँले दलित अधिकार र विकासका विधेयकहरू नआउने तर जग्गाको चोक्टो देखाउने बहाना सरकारले गरिरहेको बताउनु भयो । प्रत्येक किसानलाई भूमिमा पहुँच पुर्याउने भनेको तर किसानलाई नभइ भूमाफियालाई जमिन सुम्पिन लागेको उहाँले बताउनु भयो ।
सांसद विश्वकर्माले २०६६ माघ २८ अघि मात्रैलाई सरकारले किन जोड दिइएको छ भन्नेबारेमा अध्ययन गर्न जरूरी रहेको बताउनु भयो ।