भूमिसम्बन्धी विधेयक भूमाफिया, जग्गा दलालहरूका लागि ल्याइयो : सांसद साह

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमिसम्बन्धी विधेयक भूमाफिया, जग्गा दलालहरूका लागि ल्याइयो : सांसद साह

काठमाडौं । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भूमाफिया, जग्गा दलालहरूका लागि ल्याइएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा अध्यादेशमा ल्याइएको कुराहरु भन्दा फरक नरहेको जिकिर गर्नुभयो । 

उहाँले भूमिहिन सुकुम्वासीको व्यवस्थापनका लागि ल्याइएको भन्ने सरकारको जिकिर रहेको भएपनि त्यसभित्रको प्रावधान भूमाफिया, जग्गा दलालहरूका लागि ल्याइएको आफूलाई महशुस भएको बताउनु भयो ।

सांसद साहले कानूनका खोलमा खेलिएको नीतिगत खेल भएको आफूलाई पनि लाग्ने गरेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.