काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विरोध गरेर बस्ने अवस्था नरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमिहिन सुकुम्वासीहरूको व्यवस्थापन गर्ने भनेर राजनीतिक नारा लगाउने तर नियमन गरेर टुंगो लगाउने कुरामा कहिल्यै सहमत नहुने परिस्थितिको अन्त्य गर्न जरूरी रहेको बताउनु भयो ।
यो विधेयकले भूमिहिन सुकुम्वासीका समस्या समाधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विधेयकले भूमिहिन सुकुम्वासी, दलित लगायतहरूलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने लक्ष्य बोकेको उहाँले बताउनु भयो ।
सांसद भट्टराईले दलित र भूमिहिनहरुको समस्या पनि ज्युँकात्युँ रहेको बताउनु भयो । यि सबै समस्या समाधान गर्न विधेयक सक्षम हुने उहाँले जिकिर गर्नुभयो ।