दार्चुला/ सोमबार रातिको बर्षाले तेर्छालेक क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक बन्द अवरुद्ध भएको छ ।
पहिरोका कारण रातिदेखि नै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक सञ्चालनका लागि प्रयास भईरहेको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
तेर्छालेकमा पहिरो खसेको कारण दार्चुला भित्रिने र बाहिरिने सवारी पनेबाज र ऐरिछानामा रोकिएका छन् । शैल्यशिखर नगरपालिका–६ पनेबाजदेखि मालिकार्जुन गाउपालिका–३ ऐरिछाना क्षेत्रमा महाकाली लोकमार्ग दिनहु बन्द हुने गरेको छ ।