पहिरोले दुहु-३ को वडा कार्यालयमा क्षति, ६ घर जोखिममा

भाद्र १३, २०८२ |मनोज बडू
पहिरोले दुहु-३ को वडा कार्यालयमा क्षति, ६ घर जोखिममा

दार्चुला/ बिहीवार रातिको बर्षाका कारण जिल्लाको दुहु गाउँपालिका-३ को कार्यालयमा पहिरोले क्षति पुगेको छ । अविरल वर्षाका कारण कार्यालय भवन माथिबाट आएको पहिरोले वडा कार्यालय भवन क्षतिग्रस्त भएको वडाध्यक्ष देबबहादुर बमले बताउनुभयो।

वडाध्यक्षका अनुसार भवनभित्रै पहिरो पसेर ठूलो क्षति भएको छ । जसका कारण वडा कार्यालयबाट सेवा प्रवाहमा समस्या आएको छ । पहिरो भित्रैसम्म पसेका कारण क्षतिको विवरण संकलनका समस्या भईरहेको उहाँको भनाई छ ।

त्यस्तै दार्चुलाको महाकाली नगरपालिका-२ बडालीगाउँका आधा दर्जन घर पहिरोको जोखिममा परेका छन् । स्थानीय गोपालसिह बडाल, पदमसिंह बडाल, करनसिंह बडाल, जमनसिंह बडाल, हरकसिंह बडाल र लक्ष्मनसिंह बडालको घर पहिरोको जोखिममा रहेको प्रहरी निरीक्षक रावतले बताए । घर पहिरोको जोखिममा परेपछि छिमेकीको घरमा सरेको स्थानीय गोपालसिह बडालले बताउनुभयो ।

अहिले पहिरो खसेको ठाउँमा प्रहरीको टोली परिचालन गरिएको र थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । 


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


सम्बन्धित