‘जेन–जीको एजेन्डा एकत्र गर्न ‘अलायन्स’ गठन, प्रत्यक्ष निर्वाचित कार्यकारीबारे बहसको माग’

आश्विन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘जेन–जीको एजेन्डा एकत्र गर्न ‘अलायन्स’ गठन, प्रत्यक्ष निर्वाचित कार्यकारीबारे बहसको माग’
काठमाडौं । जेन–जी कै नाममा विभिन्न समूह खडा भएको र मागहरू पनि फरक-फरक आइरहेको सन्दर्भमा सबैलाई एक ठाउँमा ल्याउने प्रयासका लागि अलायन्सको बनाइएको उनीहरूको भनाइ छ।

सत्ता परिवर्तन भए पनि भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण र दलहरूभित्रको अलोकतान्त्रिक चरित्रविरूद्धको आन्दोलन अझै नसकिएको जेन-जी अभियन्ता मोनिका निरौलाले बताउनुभयो।

प्रत्यक्ष निर्वाचित कार्यकारीका विषयमा नागरिक तहमा व्यापक बहस हुनुपर्ने र निर्वाचनबाटै त्यो एजेन्डालाई संस्थागत गर्न सकिने तर्क रिजन राना मगरको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.