कञ्चनपुर । नेपालका लाखौं नागरिक दशकौंदेखि भारतमा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् ।
स्वदेशमा विगतमा भएका परिवर्तनबाट आफूहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन हुन नसके पनि अहिले जेन-जी आन्दोलनको परिणामस्वरूप बनेको अन्तरिम सुकारसँग उनीहरूका धेरै आशा छन् । चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीको अपेक्षासहित गड्डाचौकी सीमा नाकाबाट हरिश्चन्द्र बागको रिपोर्ट ।
भारतको सिमलामा मजदुरी गरी स्वदेश फर्किने क्रममा पश्चिमी सीमा नाका गड्डाचौकीमा भेटिनु भएका कैलालीको टिकापुरका रामबहादुर चौधरी र टिकाराम चौधरी गाउँमा वर्खे खेती लगाएर भारत पस्नु भएको थियो । दुई महिना सिमलाका स्याउ बारीमा काम गरेर घर फर्किनु भएका उहाँहरू अब बर्खे खेती भित्र्याई हिउँदे खेती लगाउने र छ महिना गाउँकै इाटा भट्टामा मजदुरी गर्ने योजनामा हुनुहुन्छ ।