काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन गरिएको छ ।
विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीपाण्डेले उक्त आवागमन कक्षले विमानस्थलको भिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थलको भीड नियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको लागि छुट्टै आन्तरिक आवागमनको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले संवैधानिक निकाय, प्रशासनिकक्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थित हुने उहाँको विश्वास छ । मन्त्री पाण्डेले अन्तरराष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिक आवागमन कक्षमा समेत भिआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो।
विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रूपमा सुधारका कामहरू गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भिआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भिआईपी सेवा उपलब्ध हुनेछ ।