शिक्षा विधेयकका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलनमा

विधेयक सच्याउन माग
भाद्र ९, २०८२ |बालकृष्ण अधिकारी
शिक्षा विधेयकका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलनमा

हेटौंडा । शिक्षा विधेयकका कतिपय प्रावधान निजी विद्यालय हित विपरित रहेको भन्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका छन्।

हेटौंडामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन एन प्याब्सन मकवानपुरको आयोजनामा भएको कार्यक्रममा प्याब्सन, एन.प्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालयका छाता संगठनहरूको सहभागिता थियो । 

कार्यक्रममा प्याब्सन उपाध्यक्ष आशीष श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सालमै बने पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो । 

उहाँले विगतमा निजी विद्यालयहरूले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्तिलाई निरन्तरता दिन तयार रहेको स्पष्ट पार्दै सरकारले विद्यालयहरूलाई लक्षित गरेर दमनकारी प्रावधान ल्याउन लागेको भन्दै आपत्ति जनाउनुभयो ।

यसैगरि विराटनगरमा पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनको आयोजनामा निजी विद्यालय सञ्चालक तथा शिक्षक, शिक्षिकाहरू सहभागी र्‍यालीले शिक्षा विधेयकको विरोध गर्दै बजार परिक्रमा गरे । 

महेन्द्र चोकबाट निक्लेको र्‍याली ट्राफिक चोक, बुधहाट चोक, घोघापुल चोक र देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


सम्बन्धित