सुक्खा पहिरो खसेपछि नारायणघाट-मुग्लिङ सडक अवरुद्ध

भाद्र ७, २०८२ |राजु चौधरी
सुक्खा पहिरो खसेपछि नारायणघाट-मुग्लिङ सडक अवरुद्ध

चितवन । सुक्खा पहिरो खसेपछि नारायणघाट-मुग्लिङ सडक अवरुद्ध भएको छ ।

आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा माथिबाट पहिरो खसेपछि नारायणघाट-मुग्लिङ सडक खण्ड दुइतर्फी नै अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । 

सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

केहि दिन पहिले पनि सोही ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।