पानी परेपछि दाउन्ने सडकमा समस्या

भाद्र ६, २०८२ |नवीन पौडेल
पानी परेपछि दाउन्ने सडकमा समस्या

नवलपरासी/ पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकमा समस्या हुँदा सवारीसाधनको लामो जाम लागेको छ । जसले गर्दा अहिले सवारी साधन सञ्चालनमा समस्या आएको छ । 

पानी परेपछि सडक चिप्लो र हिलो हुँदा सवारी उकालो ओरालोमा चिप्लिदा सवारी सञ्चालनमा असहज भएको छ । ठुला सवारी उक्लिन समस्या भएपछि विश्वकर्मा मन्दिर , पैसट्ठी मोड र खुर्सानी खोलामा सडक एकतर्फी भएको प्रहरीले जनाएको छ ।

सवारी सञ्चालन हुन असहज भएपछि यात्रुहरु जाममा बस्नुपरेको छ । एकतर्फी पहाड र अर्कोतर्फ भिर रहेको यो खण्डमा पानी परेपछि निकास नहुँदा सडकमा नै पानीको भल बग्ने गर्दछ । दाउन्ने खण्ड पार गर्न अहिले ३ घन्टा भन्दा बढी समय लागेको यात्रुहरुले बताएका छन् ।

पानी पर्नसाथ यो खण्डमा यातायात अवरुद्द हुने भएकाले यात्रु लाई बैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गर्दै आएको छ । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।