संसद्ले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिन्छ : सभामुख घिमिरे

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्ले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्ले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिने बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहका अधिकारीहरूलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय श्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने कानूनी खाका तयार पार्ने हाम्रो प्रमुख दायित्व संसद्को भएको बताउनु भयो । 

संघीयताको कार्यान्वयन निरन्तर चलिरहने एक गतिशिल प्रक्रिया भएको उहाँले उल्लेख गर्नुभयो । उहाँँले प्रशासनिक संघीयतामा अझै पनि विद्यमान केही केन्द्रिकृत मानसिकता, तीन तहबीचको समन्वयमा देखिने अस्पष्टता, वित्तीय श्रोतको दिगो व्यवस्थापन, वितरण र उपयोगमा समस्या र कर्मचारी समायोजनका जटिलता विषयहरू सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले संविधान कार्यान्वयन, संघीयता कार्यान्वयन गर्ने काममा आफूले सक्ने भुमिका निर्वाह गर्ने बताउनु भयो । संविधानको समीक्षा गर्ने बेला आएको पनि उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित