दार्चुला जीप दुर्घटनामा घाइते गर्भवती महिलाको मृत्यु

भाद्र ५, २०८२ |मनोज बडू
दार्चुला जीप दुर्घटनामा घाइते गर्भवती महिलाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालीका–४ होपरीमा जीप दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा दिउसो मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा गम्भीर घाइते रहेको गर्भवती समेत रहेकी २५ बर्षिया पार्वती टमटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अन्य गम्भीर घाइते तीन जनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये २६ वर्षीय मोहनसिह ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्नाको उपचार भईरहेको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

रावतका अनुसार दुर्घटनामा अन्य घाइतेहरुमा नौगाड–४ का ३४ वर्षिय रम्भा महता, १२ वर्षिय राम महता, १२ वर्षिय श्याम महता, १४ वर्षिया कान्छि महता, ७२ वर्षिय गम्वा महता र अपिहिमाल गाउपालिका–४ की १९ वर्षिया लक्ष्मी कार्की रहेका छन् । समान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नौगाडको होपरीबाट होपरीगाडतर्फ गइरहेको जीप बिहान दुर्घटना हुदा ११ जना घाइते भएका थिए । जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।