काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकथरी मानिसहरू अहिले पनि राज्यको विरूद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको उहाँले बताउनु भयो ।
उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भयो । राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उहाँको भनाइ छ ।
अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरूले लाभ लिन सक्नुपर्ने उहाँले बताउनु भयो । समतामुलक, समावेशी समाज निर्माण गर्न जरूरी रहेको उहाँले बताउनु भयो ।
मन्त्री गुरूङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताउनु भयो ।