वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक कोशी सभाबाट पारित, तथ्याङ्कसम्बन्धी विधेयकमा संशोधन आह्वान

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक कोशी सभाबाट पारित, तथ्याङ्कसम्बन्धी विधेयकमा संशोधन आह्वान

विराटनगर । कोशी प्रदेशसभाले "कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक" सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभाको बुधवार बसेको बैठकले सो विधेयक पारित गरेको हो ।

त्यस्तै, सभामुख अम्बरबहादुर विष्टले "कोशी प्रदेश तथ्याङ्कसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक" संशोधनका लागि ७२ घण्टाको समय दिनुभएको छ ।

त्यसअघि प्रदेशसभामा बोल्दै सांसद दुर्गाप्रसाद चपागाईंले वर्तमान गठबन्धन सरकार एक वर्षमै पूर्णरूपमा असफल भएको दाबी गर्नुभएको छ । प्रदेश सभामा विशेष समय लिएर बोल्दै प्रदेश उहाँले दुई तिहाई बहुमतको आधारमा सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई आफू अनुकूल क्रियाशील पारेको आरोपसमेत लगाउनुभयो ।

शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यद्वय गणेशप्रसाद उप्रेती र गोम्बु शेर्पाले बैद्ध आयोग गठन गरी बौद्ध धर्म, संस्कृति र शिक्षाको विकासमा सहयोग गर्न सरकारसँग माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित