परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्राबीच भेट

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्राबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ ।

आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्राबीच शिष्टाचार भेट भएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । 

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.