सुख्खा पहिरोले नारायणघाट-मुग्लिन सडक खण्ड अवरुद्ध

भाद्र १, २०८२ |राजु चौधरी
सुख्खा पहिरोले नारायणघाट-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । ढुङ्गासहितको पहिरो खसेपछी नारायणघाट-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज विहान ४:२० बजेको समयमा इच्छाकामना गाउँपालिका-५ तुइन पुल नजिकै ढुंगासहितको पहिरो खस्दा सवारी आवागमन दुईतर्फि नै अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । 

पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालयबाट मेशिन पहिरो स्थल पुगि सकेको छ । पहिरो हटाउन कम्तीमा २ घन्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।