मेला उद्घाटनमा विवाद हुँदा नगरप्रमुख माथि आक्रमण, प्रमुखसहित पाँच घाइते

श्रावण ३१, २०८२ |राजेश्वर पाण्डे
मेला उद्घाटनमा विवाद हुँदा नगरप्रमुख माथि आक्रमण, प्रमुखसहित पाँच घाइते

रौतहट । कृष्ण जन्माष्टमीको अवसरमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा विवाद भइ झडप हुँदा नगरप्रमुखसहित पाँच जना घाइते भएका छन् । 

रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा आयोजित मेलाको उद्घाटनका लागि पुग्नुभएका नगरप्रमुख प्रेमलाल साहलाई उद्घाटन गर्न नदिने अडान लिएका अर्को पक्षसँग विवाद हुँदा झडप भएको थियो l

झडपमा प्रमुख साह र सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसहित पाँच जना घाइते भएका इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख राजन कार्कीले बताउनु भयो । झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बनेको भए पनि अहिले सामान्य रहेको प्रहरीको भनाइ छ । 

घटनामा संग्लन तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


सम्बन्धित