बलान नदीमा डुबेका बालक मृत फेला

श्रावण २७, २०८२ |विनय आजाद
बलान नदीमा डुबेका बालक मृत फेला

सिरहा । सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेका बालक मृत अवस्थामा भेटिएका छन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ परियारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव मृत भेटिएका हुन् ।

हुलाकी राजमार्गअन्तर्गत बलान नदीको पुल छेउमा यादव सोमबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजबिन गरे पनि भेटिएका थिएनन् । 

तर, बर्दिबासबाट आएको गोताखोर टोलीले मंगलबार बिहान करिब साढे ११ बजेको समयमा पुलभन्दा करिब ५० मिटर दक्षिण नदीमा डुबिरहेको अवस्थामा बालकलाई मृत फेला पारेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।