जेन-जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

आश्विन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको छ ।

मृतकप्रति श्रदाञ्जली दिँदै देशका विभिन्न ठाउँमा दीप प्रज्वलनसमेत गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेन-जीहरूले शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । उनीहरूले शहीदका परिवाजनप्रति समवेदना समेत व्यक्त गरे ।

आन्दोलनमा बलिदानी दिएका शहीदको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । राष्ट्रिय झन्डासहित भेला भएका जेन-जीहरूले अब देशमा सुशासन कायम हुनुपर्ने र भ्रष्टाचारीलाई कारवाही गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेन-जी पुस्तामाथि सरकारले निर्मम दमन गरेको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो ।

सरकारी दमनको आक्रोशपछि प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । २३ सयभन्दा धेरै घाइते छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.