दोलखा । दोलखाको शैलुङमा बिहीबारदेखि झाँक्री मेला भर्नेहरूको चहलपहल सुरू भएको छ।
शैलुङमा हरेक वर्ष जनै पूर्णिमाको दुईदिनअघि यो मेला लाग्दे गर्दछ । मेला भर्न दोलखा, रामेछापसहितका जिल्लाबाट दर्जनौँ झाँक्रीहरू पुग्ने गरेका छन् ।
मेलामा मुख्यगरी युवतीहरू झाँक्री बनेर ढा्ङग्रो बजाएर नाच्ने गर्छन् । बिहिबार सयौं युवतीहरू झाँक्री भेषभुषामा सजिएर ढङ्ग्रो बजाउँदै शैलुङका थुम्का, थुम्कामा नाचेको रोचक दृष्य देखिएका छन् ।