पाल्पाको दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध

श्रावण २०, २०८२ |माधव अर्याल
पाल्पाको दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध

पाल्पा । उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन । निरन्तरको वर्षा र सडकमा खसेको पहिरोले बेलुकी ८ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार बिहानसम्म सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाउन निरन्तर पानी परेकाले नसकिएको सडक डिभिजन पाल्पा र सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएका छन् । प्रहरीले वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने जनाएको छ ।

सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिडेका सयौं सवारी साधन सडकमै अलपत्र परेका छन् । पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ् लगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु परेको छ ।

यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।