कोशी प्रदेशमा सुरक्षित खानेपानीकाे पहुँचमा मात्र ३४.७ प्रतिशत नागरिक

श्रावण १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशमा सुरक्षित खानेपानीकाे पहुँचमा मात्र ३४.७ प्रतिशत नागरिक

विराटनगर । कोशी प्रदेशमा ३४ दशमलब सात प्रतिशतले मात्र सुरक्षित खानपानी उपभोग गर्न पाएका छन् ।

कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको तथ्याङ्कले ९३ दशमलब एक प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको भए पनि ३४ दशमलब सात प्रतिशत नागरिकले मात्र सुरक्षित खानेपानी उपभोग गर्न पाएको देखाएको छ । 

प्रदेश सरकार स्थापना हुनुभन्दा अगाडि २०७५ सालमा १५ प्रतिशत जनतामा मात्र सुरक्षित खानेपानीको पहुँच पुगेको मन्त्रालयले जनाएको छ । त्यसबेला आधारभूत खानेपानीको पहुँच ९० प्रतिशतमा थियो । यस्तै आधारभूत सरसफाई पुगेको जनसंख्या ९८ प्रतिशत रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.