जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

श्रावण १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्को तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताउनुभएको छ ।

संसद्मा सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आइतबार स्वदेश फर्किनुभएका सभामुख घिमिरेले यसबारे जानकारी गराउनुभएको हो । उहाँले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भयो । 

त्यसबारे पनि सम्मेलनमा छलफल भएको उहाँले जानकारी दिनुभयो । अन्तर व्यवस्थापिक संघ (आइपीयु)का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको उहाँले बताउनु भयो ।

सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपीयु) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गर्नुभएको थियो । 

सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.