सप्तरीमा छिटफुट वर्षा

श्रावण १७, २०८२ |आरएन विश्वास
सप्तरीमा छिटफुट वर्षा

काठमाडौं । खडेरी र खानेपानी अभावले आक्रान्त मधेश प्रदेशको सप्तरीमा शनिबार साँझ वर्षा भएको छ ।

साँझ ५ बजेदेखि आधा घण्टासम्म महदेवा गाउँपालिका क्षेत्रमा ठूलो पानी परे पनि अन्यत्र छिटफुट भइरहेको हो ।

महदेवा गाउँपालिकामा कृषि फर्म सञ्चालन गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका नेता अशोककुमार मण्डलका अनुसार आधा घण्टासम्म मुसलधारे वर्षा भएपछि किसान हर्षित भएका छन् । 

साँझ साढे ६ बजेदेखि सदरमुकाम राजविराजसहितका क्षेत्रमा पनि छिटफुट वर्षा भइरहेको छ । सुख्खाले सप्तरीका कुल खेतीयोग्य ७१ हजार हेक्टर जमिनमध्ये ५० प्रतिशतमा पनि रोपाइँ हुन सकेको छैन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।